तर उनको प्रतिबन्धको अन्तिम छिनोफानो भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड विसिसिआइले स्वीकृती दिएमा मात्रै हुने छ । विसिसिआइले स्वीकृती नदिएमा उनको प्रतिबन्ध लागू हुने छैन ।
सुरक्षाकर्मीले मैदान भित्र जान रोकेपछि खान कुटपिटमा उत्रिएका थिए । तर पछि पत्रकारसित कुरा गर्दै खानले आफूमाथि मुम्बई क्रिकेट एशोसिएसन पूर्वाग्रही भएको आरोप समेत लगाए सुरक्षा गार्डले आफ्ना बच्चामाथि दुर्व्यवहार गरेको उनको भनाई छ ।
खानले आफूले कुनै गल्ती नगरेको भन्दै माफी पनि नमाग्ने बताएका छन् । स्टेडियममा पहिले आफूमाथि दुर्व्यवहार भएको दावी गर्दै त्यसपछि आफूले प्रतिकार गरेको खानको जिकिर छ ।





