सुरक्षाकर्मीलाई हात बर्साएपछि बलिउड अभिनेता साहरुख खानलाई मुम्बईको बाङखेडे स्टेडियममा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाएको छ ।
इण्डियन प्रिमियर लिग आइपिएलको क्रममा बुधवार राती कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराए पछि कोलकाताका मालिक समेत रहेका बलिउड अभिनेता खानले खेलाडीलाई बधाई दिन मैदानमा जाने क्रममा सुरक्षाकर्मीलाई कुटे पछि मुम्बई क्रिकेट एशोसिएसनले यस्तो निर्णय गरेको हो ।

तर उनको प्रतिबन्धको अन्तिम छिनोफानो भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड विसिसिआइले स्वीकृती दिएमा मात्रै हुने छ । विसिसिआइले स्वीकृती नदिएमा उनको प्रतिबन्ध लागू हुने छैन ।
सुरक्षाकर्मीले मैदान भित्र जान रोकेपछि खान कुटपिटमा उत्रिएका थिए । तर पछि पत्रकारसित कुरा गर्दै खानले आफूमाथि मुम्बई क्रिकेट एशोसिएसन पूर्वाग्रही भएको आरोप समेत लगाए सुरक्षा गार्डले आफ्ना बच्चामाथि दुर्व्यवहार गरेको उनको भनाई छ ।
खानले आफूले कुनै गल्ती नगरेको भन्दै माफी पनि नमाग्ने बताएका छन् । स्टेडियममा पहिले आफूमाथि दुर्व्यवहार भएको दावी गर्दै त्यसपछि आफूले प्रतिकार गरेको खानको जिकिर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।