यसरी लगातार गोल बिहीन हार बेहोरेपछि नेपाली टोलिका बेलायती प्रशिक्षक ग्राहम रोबर्टले राजीनामाको घोषणा समेत गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग ३-० को हार व्यहोरेपछि आयोजित पत्रकार सम्मेलनमा रोवट्सले यो नेपाली टोलीको प्रशिक्षकका रुपमा अन्तिम खेल भएको घोषणा गरे । उनले एन्फा र नेपाली फुटबल समर्थकहरुलाई धन्यवाद समेत दिएका छन् ।
रोबर्टसले गत वर्षको पुष अन्त्यदेखि राष्ट्रिय टोलिको प्रशिक्षकको नेतृत्व सम्हालेपछि नेपाली फुटबलमा भने केही सुधारिएको महसुस गरिएको थियो । तर जारी च्यालेन्ज कपमा नेपालले कुनै पनि गोल गर्न नसकेर गोल नगरी च्यालेन्ज कपबाट बाहिरिएको यो पहिलो पटकको इतिहास बन्न पुग्यो ।
उनको नेतृत्वमा नेपालले च्यालेन्ज कप छनोट र पहिलो पटक विश्वकप छनोटको पहिलो चरण पार गरेको थियो । उनको नेतृत्वमा नेपालले अहिलेसम्म १६ खेल खेलेकोमा ६ खेलमा जित, चार खेल बराबरी र ७ खेलमा हार बेहारेको छ ।
कता जाला त नेपाली फुटबल :
जे होस नेपाली फुटबल पछिल्लो समयमा सुधारिएको छ । तर चित्त बुझाउने ठाउँ छैन । जारी च्यालेन्ज कपमा पनि आज बाहेक अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरेको नेपाली टोलिले गोल गर्न मात्रै नसकेको हो । तर जति नै राम्रो प्रदर्शन गरे पनि गोल हान्न नसक्नुको अर्थ शून्य नै रहन्छ । यहाँ व्यवसायिक खेलाडीको अभाव अभावै छ । फिफाका अध्यक्षले समेत नेपाल आएर खेलाडीको तारिफ गरेका छन् । तर गोल हान्नेका अभाव औल्याएर गए । जुन अवसरमा प्रधानमन्त्रीदेखि शिर्ष नेताहरु समेत उपस्थित थिए । अब उनीहरुले खेल क्षेत्रलाई सुधार्नुपर्छ भन्ने सोचे भने र सम्बन्धित पक्षले घचघचाउँदै गरेमा नेपाली फुटबलको भविष्य राम्रै होला तर सुधार्नु पर्ने पक्ष ० बाट नै थाल्नुपर्ने देखिन्छ ।
ग्राहमको बिदाईबाट फाइदा कि बेफाइदा :
ग्राहमबाट सिक्नुपर्ने पाठ :
नबनोस् खेल क्षेत्र राजनीतिको थलो :
अनि यसो पनि नहोस् :
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबद्वारा राष्ट्रिय टिममा खेल्दै आएका मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई आर्मीले फिर्ता लगेको हो । आर्मीका तीन खेलाडी मध्ये टंक बस्नेतलाई भने लगेन ।
उपत्यकामा २६ गतेदेखि नेपाली सेनाको प्रथम दक्षिण एसियाली सैनिक खेलकुद प्रतियोगिता सञ्चालन भइरहेकाले त्यस खेलमा सहभागी गराउन लगेको सेनाले जनाएको छ ।
गएराति साढे ११ बजे नेपाली राष्ट्रिय टोलि बसेको होटल गोदावरीस्थित होटल भ्यू भृकुटीमा आएर सेनाले ती खेलाडीहरुलाई लगेको हो ।
त्यस क्रममा नेपाली टोलिका प्रशिक्षक ग्राहम रोबर्टसले खेलाडीहरुलाई लैजानबाट रोकेका थिए । त्यस क्रममा उनीहरुले रोबर्टसको आग्रहलाई उनीहरुले नमानि लगेका थिए ।
यसरी राष्ट्रिय खेलकुद जारी रहँदा रहँदै क्लबहरुले आफ्ना खेलाडी लैजानाले गलत शैलीको विकास भने हुन पुगेको छ । भोलि अरु क्लबले पनि यसरी नै खेलाडी झिक्दै लाने हो भने राष्ट्रिय टोलिको चाँही के हालत होला नि ।









