काठमाडौं १८ असोज । प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाको तर्फबाट मन्त्री बन्ने चर्चा पाएका न्यायालय परिसरमा बिचौलियाका रूपमा परिचित दीपक तिमिल्सिनाको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि उठबस रहेको खुलेको छ ।

न्यायालयको बिचौलियका भनेर परिचित रहेका तिमिल्सिना शक्ति केन्द्रमा धाउने गरेको र त्यसमध्ये ओलीसँग पनि उठबस गर्ने गरेको खुलेको हो ।
उनी मन्त्री हुने चर्चा चलेपछि अहिले सामाजिक सञ्जालमा ओलीसँग भेटघाट गरेको तस्बीर समेत सार्वजनिक भएका छन् । त्यसबाट उनको ओलीसँग पनि उठबस रहेको खुलेको हो । ओलीसँग उनले आशिर्वाद लिइरहेको तस्बीर सार्वजनिक भएको छ ।

कान्तिपुर दैनिकले प्रधानन्यायाधीशका सम्धी तिलक रावललाई मन्त्री बनाउने विषयमा छलफल भए पनि पोलिमोर नोट छपाइमा भ्रष्टाचार अभियोगमा सर्वोच्चमै मुद्दा विचाराधीन रहेकाले रावलको नाम अघि बढ्न नसकेको र त्यसपछि न्यायालय परिसरमा बिचौलियाका रूपमा परिचित दीपक तिमिल्सिनालाई मन्त्री बनाउने विषयमा पनि छलफल भएको स्रोतलाई उदृत गर्दै समाचार प्रकाशित गरेकाे छ । तर सँगसँगै प्रधानन्यायाधीशका अर्का आफन्त गजेन्द्र हमालको नाम पनि प्रस्ताव भएको समाचारमा उल्लेख छ ।

सरकार विस्तार नहुनुमा प्रधानन्यायाधिसको इन्ट्रेट पनि जोडिदाँ ढिलाई हुन गएको समेत खुल्न आएको छ । तर, प्रधानन्यायाधिश राणाले भने आज आफूले मन्त्रीका लागि बार्गेनिङ नगरेको आशयको स्पष्टिकरण दिएका छन्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।