Wednesday, October 28, 2026
13.4 C
Kathmandu
Home मुख्य समाचार भारत आइपुग्यो ओमिक्रोन भेरियन्ट, भेटिए दुई जना संक्रमित

भारत आइपुग्यो ओमिक्रोन भेरियन्ट, भेटिए दुई जना संक्रमित

काठमाडाैं १६ मंसिर । छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। इन्डियन एक्प्रेसका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।

६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ। यसअघि बुधबार संयुक्त राज्य अमेरिकामा उक्त भेरियन्टका संक्रमित भेटिएका थिए।

अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।