काठमाडौं १४ माघ । कोरोना संक्रमित हुँदा हुँदै पनि सार्वजनिक कार्यक्रममा गएर कोरोना संक्रमण फैलाएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को अलोचना भइरहेको छ ।

कोभिड पोजेटिभ देखिएपछि आइसोलेशनमा बस्नुपर्नेमा ओली सार्वजनिक कार्यक्रममा देखिएपछि उनको चर्को विरोध भइरहेको छ । कतिपयले सबै थोकको औषधी बनाएपनि मुर्खको औषधी नभएको भन्दै ओलीको आलोचना गरेका छन् ।

केही दिन अघि मात्र एमालेले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । तर, ओली भने आफैं कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धी नियमको उल्लंघन गर्नेमा परेका छन् । उनले सार्वजनिक अपराध गरेको भन्दै आलोचना समेत गरिएको छ । उनलाई कारबाही गर्न समेत माग गरिएको छ ।

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।