जेठमा स्थानीय तहको निर्वाचन पक्कापक्की

काठमाडौं १५ माघ । आगामी जेठमा स्थानीय तहको निर्वाचन नहुने पक्कापक्की जस्तै देखिएको छ । सत्ता गठबन्धनसम्बद्ध दलहरुबीच ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ । प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनको माग गर्दै आएको र सत्तारुढ दलले पनि निर्वाचन गर्ने सहमति गरेसँगै अब निर्वाचन हुने पक्कापक्की जस्तै बनेको हो ।

दलहरुले पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचन मिति तोकिने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।