इसेवामा गम्भीर समस्याः पठाएको पैसा पेन्डिङमै अड्किने, भनेको बेला लोड नहुने

काठमाडौं २२ चैत । नेपालकै पहिलो मोबाइल वालेट भनिएको इसेवामा गम्भीर समस्या देखिएको छ । प्रयोगकर्ताले इसेवामार्फत रकम पठाउँदा पेन्डिङमै अड्किने समस्या इसेवामा देखिएको हो ।

गुन एयरलाइसेन्सको फ्लाइट नै नभएको टिकट बेचेर हैरानी दिएको इसेवामा भनेको बेला पैसा पठाउन नै नमिल्ने समस्या समेत देखिएको हो ।
सुन्धारा बस्ने एक जना इसेवाका प्रयोगकर्ताले बम बहादुरको इसेवा खातामा रकम पठाए । उक्त रकम बम बहादुरको खातामै पुगेन । तीन प्रयोगकर्ता पछि केही समय कुरेपछि अर्कै मोबाइल वालेट चलाउनु पर्यो । ‘इसेवामा समस्या देखिन थालेको छ, भनेको बेला काम नै लाग्न छाड्यो’ उनले भने ।


ती प्रयोगकर्ताका अनुसार यस्तो समस्या इसेवामा पछिल्लो समय पटक पटक देखिन थालेको छ । उनी अब इसेवा नचलाउनेमा पुगेको समेत बताउँछन् ।
इसेवामा यो मात्र नभएर साँझको समयमा पैसा लोड गरे इसेवाको खातामा लोड नै नहुने समस्या समेत देखिएको छ । यस विषयमा चासो राख्दा साँझको समयमा केही समय सर्भर डाउन राखिने हुँदा यस्तो समस्या आउने गरेको जवाफ इसेवाले दिएको छ । आवश्यकता परेको बेला लोड नहुने र पैसा पनि पेन्डिङमा बस्ने भएपछि इसेवाको प्रयोगकर्ताहरु अन्य मोबाइल वालेटको विकल्प खोज्न थालेको समेत पाइएको छ ।

इसेवाको सिस्टमै गम्भीर शंका ?

इसेवाको सिस्टममा नै शंका गर्नुपर्ने स्थिति समेत सिर्जना भएको छ । २९ मार्चमा एउटा ट्रान्जिक्सन पेन्डिङमा बसेको थियो । आफ्नो काम नभए पनि पैसा नकटाएपछि उक्त प्रयोगकर्ताले इसेवामा कुनै कम्प्लेन गरेनन् । तर ४ मार्चका दिन इसेवा आफैंले ह्यास २४७२८२२ नम्बरको कम्प्लेन गरेको भन्दै नोटिस पठाएको पाइएको छ ।

प्रयोगकर्ताले कम्प्लेन नै नगर्दा पनि इसेवाको सिस्टम आफैंले कम्प्लेन क्रियट गरेको पाइएको छ । समयमा रकम लोड नहुने, ट्रान्जिक्शन पेन्डिङमा बस्ने र कम्प्लेन नै नगर्दा पनि गरेको देखाउने समस्या देखिनु गम्भीर विषय रहेको आइटीका विज्ञहरु बताउँछन् । यसले इसेवाको सिस्टममा नै शंका गर्नुपर्ने समेत देखिएको छ ।

इसेवाले इसेवा मनी ट्रान्सफर समेत सञ्चालन गर्दै आएको छ । तर, इसेवाको सिस्टममा आउने यस्ता समस्याले इसेवा मनी ट्रान्सफरको प्रयोग गर्न पनि सावधानी अपनाउनुपर्ने देखिएको छ ।

याे पनि पढ्नुहाेस्
इसेवा र गुण एयरलाइन्सको ठगी धन्दा: फ्लाइट नै नभएको टिकट बेचेर यसरी फसाइँदैछ यात्रु