काठमाडौँ । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यासको मुस्लो निस्किएको हो। उक्त ग्यास मिथेन ग्यास भएको पुष्टि भएको छ । बिहान १० बजेदेखि निस्किन थालेको ग्यास साढे १ बजेसम्म पनि जारी छ ।

३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको छ । सुरक्षाका लागि प्रहरीले उक्त ठाउँलाई नियन्त्रणमा लिएको छ । खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको थियो । उनीहरुले मिथेन ग्यास भएको जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।