काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शीतलनिवासस्थित राष्ट्रपति भवनमा आज भएको भेटमा  राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ । संविधान संशोधन, सरकार विस्तार लगायत विषयमा उनीहरुबिच छलफल भएको बुझिएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।