काठमाडौं १ साउन

प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले अनुमोदनका लागि सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।

समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् । उनले पद्दती र प्रणालीमा रहेर काम गर्ने समेत जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।