सुदूरपश्चिममा भूकम्प, दिल्लीमा समेत धक्का

काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ
बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।