काठमाडौं । नयाँ भावी राष्ट्रपतिका लागि दलहरुबीच अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेससहितआज बिहान चार दलीय बैठक बसेको थियो । बैठकले ठोस उम्मेदवार चयन गर्न सकेको छैन ।

कांग्रेसले आफूलाई राष्ट्रपति मागेको छ भने नेकपा एकका अध्यक्ष माधव नेपालले पनि चार दलीय बैठकमा आफ्नो दाबी गरेका छन् ।

यता, एमाले भने आफ्नै पार्टीभित्र राष्ट्रपति पार्नका लागि लागि परेको छ । अहिलेसम्म आफैं राष्ट्रपति उठाउने कि अरुलाई सहयोग गर्ने भन्नेमा एमाले पनि स्पष्ट हुन सकेको छैन । नेता पृथ्वीसुब्बा गुरुङले माधव नेपाल राष्ट्रपतिका उम्मेदवार भए एमालेले उम्मेदवार नउठाउने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली भने राष्ट्रपति एमालेबाटै हुने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।