काठमाडौं । केही समय अगाडी सार्वजनिक मञ्चबाट नेकपा समाजवादीका अध्यक्ष माधव नेपालको नाम लिनुपर्दा पानीले मुख कुल्ला गर्ने बताएका एमाले अध्यक्ष केपी ओलीले उनै नेपाललाई पत्र लेखेर मतदानका लागि अनुरोध गरेका छन् ।
ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै नेपाललाई पत्र लेखेका हुन् ।
‘राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ ।
शनिबार विबिहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।