काठमाडौं । ‘सुत्ने कोठामा क्यामेरा जडान गर्दा अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज बाहिरिएको छ, भिडियो कमेन्टमा हेर्नुहोस्’ भन्दै स्वस्तिमाको फोटो भएको फेसबुकमा स्पोन्सर पोष्ट देख्नुभयो भने झुक्किएर पनि क्लिक नगर्नुहोला ।

उक्त पोष्ट ह्याकरहरुले तपाईको महत्वपूर्ण डाटाहरुमा पहुँच पुर्याउन गरेको कार्य रहेको पाइएको छ । ह्याकरहरुले अहिले विभिन्न पेजमार्फत स्पोन्सर समेत गरेको पाइएको छ ।

यदि, उक्त लिंकमा क्लिक गरे तपाईको फेसबुक मात्र नभएर मोबाइलमा भएको बैंकिङ एप जस्ता महत्वपूर्ण पासवर्ड लगायत कब्जामा जाने यस क्षेत्रका विज्ञहरु बताउँछन् । उनीहरुले यस्तो लिंक देखिए क्लिक नगर्न समेत सुझाएका छन् ।

यसअघि, अनलाइन खबरको पेजमा अनाधिकृत प्रवेश गरी ह्याकरको समूहले स्पोन्सर गरेको थियो । अनलाइनखबरले पछि उक्त अनाधिकृत प्रयोगबाट गरिएको पोष्ट हटाएको भन्दै माफी समेत मागेको थियो । ह्याकरहरुले अहिले पनि त्यस्ता गतिविधि जारी राखेको पाइएको छ । विभिन्न पेजमार्फत बुस्ट गरेको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।