जनकपुरधाम । मधेस प्रदेशको मुख्य प्रशासनिक केन्द्र ‘मधेस भवन’ हो । जनकपुर चुरोट कारखानाको संरचनालाई प्रदेश सरकारले आफ्नो मुख्य प्रशासनिक केन्द्र बनाएको हो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विभिन्न मन्त्रालय र मन्त्रीहरुको निवाससमेत रहेको यो परिसरको सडक जीर्ण छ ।

मुख्यमन्त्री र मन्त्रीहरुले दैनिक प्रयोग गर्ने सडकसमेत बनाउन नसक्ने सरकारबाट प्रदेशमा विकासको के अपेक्षा के गर्नु ?’ सामाजिक विकास मन्त्रालयमा काम विशेषले आएका एक सेवाग्राही बताउँछन् ।

दुई वर्षमा करिब ६–७ पट आफू आउँदासमेत मधेस भवनभित्रको धुलाम्य सडक जस्ताको तस्तै रहेको उनको भनाइ छ । मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालय, ९ वटा मन्त्रालय यही परिसरभित्र छ । मुख्यमन्त्रीको आवास, प्रदेश प्रमुखको आवास, सचिव र अधिकृतको आवास पनि यहीँ छ । प्रदेशको मुहार फेर्ने व्यक्तिदेखि लिएर कार्यालयसम्म रहेको मधेस भवनले नै मुख्यमन्त्रीदेखि मन्त्रीहरुलाई गिज्याइरहेको उनी बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।