काठमाडौँ २२ साउन । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गर्नेछ ।
सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनले हालसम्म खुलेका प्रमाणले संगठित रुपमा गरिएको अन्तरदेशीय अपराध देखिएको र त्यही भएर बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको बताएका छन् ।
याे पनि पढ्नुहाेस् – दिपक मलहोत्रा- सुन तस्करी कनेक्शन (विशेष रिपोर्ट)