Thursday, November 26, 2026
21.1 C
Kathmandu
Home समाज रुचीले ल्याइन् बजारमा ‘स्वामी ज्यू’ (भिडियोसहित)

रुचीले ल्याइन् बजारमा ‘स्वामी ज्यू’ (भिडियोसहित)

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तिज आउन केही समय बाँकी नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने ब्यापक रुपमा तताउन थालिसकेका छन्।

यिनै प्रतिस्पर्धाको बजारमा रहेर रुची घिमिरेले शुक्रवार आफ्नो पछिल्लो नयाँ तिजी सौगात स्वामीज्यू सार्वजनिक गरिएको छ। गायिका घिमिरेको आफ्नै रचना र मिठास स्वरमा रहेको गितमा संगीतकार सुमन वैरागीले संगित भरेका छन् भने संगीत संयोजनको महत्वपूर्ण भूमिका विपिन आचार्यले निर्वाह गर्नुभएको छ।

जिवि आग्राीको निर्देशन रहेको तिजगित स्वामीज्यूमा अन्जु सुनवार, दुर्गाभट्ट, नरेश विरसिं, अशोक विके लगायतका कोरस टिममाथि दृष्याङ्कन गरिएको छ भने गितको छायाङ्कन नरेश एैरले गरेका छन । त्यस्तै भिडियो पोस्टको काम राग भिजन मल्टिमुभिज प्रालिले गरेको छ । रुची घिमिरेले यसअघि पनि शिव जिले सक्ती देउन तिज गित र गालैमा कोठी लगायतका थुप्रै मनोरम गित बजारमा ल्याइसकेकी छिन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।