काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाहले सरकारले महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्।
उनले सरकारलाई अपशब्द बोल्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी सामाजिक सञ्जालबाट दिएका हुन्। शनिबार अबेर ९ बजेर ३५ मिनेटमा सामाजिक सञ्जालमा उनले राखेको स्टाटसमा आफ्नो गाडी सरकारले रोकेको र आगामी दिनमा पनि रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्।
शनिबार सरकारी बिदाको दिन सरकारी गाडी चढेपछि प्रहरीले चेकजाँच गरेको जनाइएको छ । त्यसैको विषयमा मेयर बालेनले सिंहदरबारमा आगो लगाइदिने विवादित अभिव्यक्ति दिएका हुन् ।
Comments







