काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदीय जिम्मेवारी बहन नगरेको भन्दै तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेका छन् ।

४ असोजमा स्वास्थ्य मन्त्रालयले बसौलालाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो । बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ अनुसार काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप मन्त्रालयको आरोप छ ।
बसौलालाई स्वास्थ्य बीमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकाले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने ? भनी स्पष्टीकरण माग गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।