मोबाइल ल्याउँदा एयरपोर्टमा ४४ हजार, लगेजबाट समान गायब हुँदा सिसि क्यामेरा हेर्न अस्वीकार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुई वटा मोबाइल ल्याएकै कारण कोरियाबाट फर्किएका एक जना नेपालीले ४४ हजार भन्दा बढी तिर्नु परेको गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा डमु दाई राखेका ती व्यक्तिले ६ वर्ष कोरियामा कमाएको पैसा हुण्डि नगरी रेमिट्यान्सबाट पठाउने गरेको भए पनि अहिले दुई वटा माबोइल ल्याउँदा भने ४४ हजार ७ सय ३४ रुपैयाँ तिर्नु परेको बताएका छन् । यसअघि, सरकारले दुई वटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको थियो ।

उनले आफ्नो लगेजको सामान भने हराएको समेत गुनासो पोखेका छन् । मेरो लगेजमा ल्याएको सामान मध्ये २५ प्रतिशत हराएको छ, पटक-पटक एयरपोर्ट जाँदा सिसि टिभी हेर्दिन आग्रह गर्दा सुनुवाई नभएको उनले बताएका छन् । उनले सम्बन्धित निकायसम्म आफूले पाएको सास्तीको विषय पुर्याईदिन आग्रह गर्दै यस्तो व्यवहारले दुःखित भएको समेत जनाएका छन् ।


 

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।