काठमाडौँ – अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा युएई र नेपालमध्ये एउटा टिम नपुग्ने निश्चित बनेको छ ।
छनोटमा बलियो मानिएका दुबै टोली सेमिफाइनलमा नै प्रतिस्पर्धा गर्ने समीकरण बनेपछि दुईमध्ये एक टिम एसिया क्षेत्र छनोटबाटै बिदा हुनु पर्ने बाध्यता आएको हो । यसको छिनोफानो भोलि हुने भिडन्तबाट टुंगो लाग्ने भएको छ । जसमा जुन टोलीले जित्यो उसले विश्वकप खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ ।
समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह ‘ए’को उपविजेता बन्दा समूह ‘बी’बाट युएई विजेता बनेको छ। सेमिफाइनल जित्ने टिमले विश्वकपमा स्थान बनाउने भएकाले अब युएई र नेपालमध्ये एक टिमले विश्वकप गुमाउने पक्का भएको हो।
अर्को सेमिफाइनलमा भने ओमान र बहराइन खेल्ने छन्। अब ओमान र बहराइनमध्ये एक टिमले विश्वकपमा स्थान बनाउने छन्। बिहीबार भएको अन्तिम चरणको खेलमा ओमानसँग हार्दा नेपाल समूह विजेता बन्ने अवसरबाट वञ्चित भयो।






