काठमाडौँ — सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन । अदालतले अन्तरिम आदेश जारी नगरेका कारण तत्काल नै टिकटक नखुल्ने भएको छ । सर्वोच्चले कारण देखाउ आदेश भने जारी गरेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । मंसिर १९ मा पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

सरकारले कात्तिक २७ मा लगातार रूपमा सामाजिक सद्भाव भड्काउने काम गरेको र सामाजिक सम्बन्धलाई खलबल हुनेगरी टिकटकबाट कार्य भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १३ रिट निवेदन दर्ता भएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।