काठमाडौँ — सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले मंगलबार सिफारिसमा गरेकाहरूमा सारङ्गा सुवेदी,अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना,सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

सिफारिसमा परेकाहरू मध्ये बालकृष्ण ढकाल र सुनिल पोखरेल अधिवक्ता पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट हुन् । ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् भने उनी एमाले निकट कानुन व्यावसायी हुन् । ४ जना भने उच्च अदालतका न्यायाधीशहरू हुन् । सिफारिस भएकाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् एक जनाकाे सिफारिस हुन बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।