Friday, September 25, 2026
17.1 C
Kathmandu
Home अर्थ खबर एनसेल बिक्रीमा, आजियटाद्वारा बेचेर निस्कने घाेषणा

एनसेल बिक्रीमा, आजियटाद्वारा बेचेर निस्कने घाेषणा

आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको छ। लगानी चुनाैती बढेकाे भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।

नेपालमा चुनौती बढेकोले कम्पनीको सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका छन्।

एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको छ ।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत र बाँकी २० प्रतिशत सेयर स्वामित्व नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। यसअघि स्विडिस कम्पनी टेलिया सोनेराले बिक्री गरेको सेयर आजियाटाले किनेको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।