काठमाडौँ — नेपाली बजारमा सुनको भाउले लगातार नयाँ रेकर्ड राखेको छ । बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो ।
मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।