दराजको ठगीः ग्राहकसँग फ्रि डेलिभरी भनेर जबरजस्ती शुल्क तिर्न बाध्य

काठमाडौं १३ मंसिर । अनलाइन सपिङ कम्पनी दराजले ग्राहकसँग फ्रि डेलिभरी भनेर जबरजस्ती शुल्क उठाउने काम गरिरहेको पाइएको छ ।

पत्रकार समेत रहेका उमेश श्रेष्ठले सामाजिक सञ्जाल एक्समार्फत दराजको ठगीबारे सार्वजनिक गरेका हुन् । दराजले सुरुमा फ्रि डेलिभरी भन्ने र पैसा तिरेपछि फ्रिमा ल्याउन नसक्ने भन्दै ग्राहकमाथि ठगि गरिरहेको पाइएको हो ।

‘११.११ अफर फ्रि डेलिभरी भन्दै दराजले मलाई पैसा तिर भनेर उल्लु पो बनायो, एउटा सामान मगाएको थिएँ १८ नोभेम्बरमा पहिल्यै पैसा तिरेर । भोलिपल्ट डेलिभरी गर्नेले मेरो ठेगानासम्म ल्याउन सक्दिनँ पो भन्छ ।’ उनले भने । उमेशले दराजको कस्टमर केयरमा च्याट गर्दा तपाईको एरियामा डेलिभरी सर्भिस रहेको बताएको समेत जनाएका छन् ।

उमेशले उक्त कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि दराजको ठगीबारे चर्को आलोचना समेत भइरहेको छ । दराजले विभिन्न बहानामा ग्राहकमाथि ठगी गर्दै आएकोबारे हेलोखबरले यसअघि पनि नियमित रुपमा समाचारहरु प्रकाशित गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

दराजमा यसरी दिनदिनै ठगिदैं सर्वसाधरण

यस्तो छ सर्वसाधरण ठग्ने दराजको जुक्ति, एउटै सामानमा ७ हजार ठगी (भिडियो)

दराजले ठग्यो एउटै माउसमा सर्वसाधरणको १८० रुपैयाँ, ल्यापटप र हेडफोनमा पनि उस्तै छ ठगी

दराज बिग सेलमा ब्रह्मलुटः ५५ हजारको क्यामेरालाई छुट दिएर पनि ६२ हजार

१३ सयको सामानलाई २५ सय भनेर बेच्दै दराज

एउटै मोबाइलमा यसरी ठगिरहेछ दराजले सर्वसाधरण

दराजबाट ठगिए कवि, स्माटवाच किन्दा काम नै नलाग्ने डल्लो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।