Sunday, October 11, 2026
22.3 C
Kathmandu
Home ब्यानर दराजको ठगीः ग्राहकसँग फ्रि डेलिभरी भनेर जबरजस्ती शुल्क तिर्न बाध्य

दराजको ठगीः ग्राहकसँग फ्रि डेलिभरी भनेर जबरजस्ती शुल्क तिर्न बाध्य

काठमाडौं १३ मंसिर । अनलाइन सपिङ कम्पनी दराजले ग्राहकसँग फ्रि डेलिभरी भनेर जबरजस्ती शुल्क उठाउने काम गरिरहेको पाइएको छ ।

पत्रकार समेत रहेका उमेश श्रेष्ठले सामाजिक सञ्जाल एक्समार्फत दराजको ठगीबारे सार्वजनिक गरेका हुन् । दराजले सुरुमा फ्रि डेलिभरी भन्ने र पैसा तिरेपछि फ्रिमा ल्याउन नसक्ने भन्दै ग्राहकमाथि ठगि गरिरहेको पाइएको हो ।

‘११.११ अफर फ्रि डेलिभरी भन्दै दराजले मलाई पैसा तिर भनेर उल्लु पो बनायो, एउटा सामान मगाएको थिएँ १८ नोभेम्बरमा पहिल्यै पैसा तिरेर । भोलिपल्ट डेलिभरी गर्नेले मेरो ठेगानासम्म ल्याउन सक्दिनँ पो भन्छ ।’ उनले भने । उमेशले दराजको कस्टमर केयरमा च्याट गर्दा तपाईको एरियामा डेलिभरी सर्भिस रहेको बताएको समेत जनाएका छन् ।

उमेशले उक्त कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि दराजको ठगीबारे चर्को आलोचना समेत भइरहेको छ । दराजले विभिन्न बहानामा ग्राहकमाथि ठगी गर्दै आएकोबारे हेलोखबरले यसअघि पनि नियमित रुपमा समाचारहरु प्रकाशित गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

– दराजमा यसरी दिनदिनै ठगिदैं सर्वसाधरण

– यस्तो छ सर्वसाधरण ठग्ने दराजको जुक्ति, एउटै सामानमा ७ हजार ठगी (भिडियो)

– दराजले ठग्यो एउटै माउसमा सर्वसाधरणको १८० रुपैयाँ, ल्यापटप र हेडफोनमा पनि उस्तै छ ठगी

– दराज बिग सेलमा ब्रह्मलुटः ५५ हजारको क्यामेरालाई छुट दिएर पनि ६२ हजार

– १३ सयको सामानलाई २५ सय भनेर बेच्दै दराज

– एउटै मोबाइलमा यसरी ठगिरहेछ दराजले सर्वसाधरण

– दराजबाट ठगिए कवि, स्माटवाच किन्दा काम नै नलाग्ने डल्लो


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।