Saturday, July 25, 2026
Home ब्यानर दराज बिग सेलमा ब्रह्मलुटः ५५ हजारको क्यामेरालाई छुट दिएर पनि ६२ हजार

दराज बिग सेलमा ब्रह्मलुटः ५५ हजारको क्यामेरालाई छुट दिएर पनि ६२ हजार

काठमाडौं २५ कात्तिक । अनलाइन सपिङ कम्पनी दराजले बिग सेल ११.११ को नाममा सर्वसाधरणमाथि बह्मलुट गरेको पाइएको छ ।

दराज कम्पनीले क्याननको एउटा क्यामेरालाई ९ प्रतिशत छुट दिएर पनि बजारमा चलन चल्तीको मूल्य भन्दा ७ हजार महँगोमा बिक्री गरिरहेको पाइएको छ । क्यानन इओएस १५०० डि क्यामेराको मूल्य बजारमा ५५ हजारसम्ममा किनबेच हुने गरेको पाइएको छ । तर, दराजले भने ६२ हजारमा बिक्री गरिरहेको छ ।

सामान किन्दा बाइक लगायत पाउने आश्वासन देखाएको दराजले बजार मूल्य भन्दा महँगोमा सर्वसाधरणलाई सामान भिराउने गरेको हो । उक्त क्यामेरामा ९ प्रतिशत छुट दिएको समेत जनाइएको छ ।

यता, एलिटिक्वयू नाम अनलाइनले सोही क्यामेराको मूल्य ५५ हजारमा राखेर बिक्री गरिरहेको छ । जानकारहरुका अनुसार उक्त क्यामेरा बजारमा ५५ हजारसम्ममा किनेबेच हुने गरेको छ । तर, दराजले भने ग्राहकलाई बाइक लगायत विभिन्न प्रलोभन देखाएर महँगोमा सामान बेचिरहेको पाइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।