दराजले ठग्यो एउटै माउसमा सर्वसाधरणको १८० रुपैयाँ, ल्यापटप र हेडफोनमा पनि उस्तै छ ठगी

काठमाडौं २५ कात्तिक । अनलाइन सपिङ कम्पनी दराजले एउटै माउसमा सर्वसाधरणको १८० रुपैयाँ ठगि गरेको पाइएको छ । विभिन्न सामान सर्वसाधरणलाई महँगोमा भिराएर ठगि गर्दै आएको दराजले बिग सेलको नाममा फ्यानटिच भिएक्स सेभेन गेमिङ माउसमा करिब १८० रुपैयाँ ठगि गरेको पाइएको हो ।

दराजले उक्त माउसकाे मूल्य २४ सय ९९ राखेको छ । सेलको नाममा ५३ प्रतिशत छुट दिएर उक्त माउसलाई ११ सय ७९ मा दराजले बेचेको पाइएको छ ।

तर, अर्को अनलाइन सपिङ प्लेटमार्फ हाम्रोबजारमा १००० मा उक्त सामान खरिद गर्न पाइन्छ । जानकारहरुका अनुसार उक्त माउस न्यूराेड, पुतलीसडक लगायतका पसलहरुमा एक हजारमा नै बिक्री हुने गरेको छ । दराजले भने सर्वसाधरणलाई भ्रममा पार्न शतप्रतिशत मूल्य बढाएर त्यसमा ५३ प्रतिशत घटाए जस्तो देखाएर बजारमा पाइने भन्दा १ सय ८० रुपैयाँ बढीमा बेच्ने गरेको पाइएको हो ।

दराजले एसर कम्पनीको थर्ड जेनेरेशनको ल्यापटपमा पनि बजार मूल्य भन्दा बढाएर सर्वसाधरणलाई आँखामा छारो हाल्ने काम गरेको छ । एसर ५ ए५१५ को मूल्य १० प्रतिशत घटाएर ६१ हजार ९ सय ९९ राखिएको छ । तर बजारमा उक्त ल्यापटप ६१ हजारमा नै पाइने गरेको छ ।

दराजले एस ५३० अल्ट्रा मिनि ब्लुतुथ इअरबुड्समा समेत ठगि गरेको पाइएको छ । दराजले ४८ प्रतिशत छुटामा उक्त मिनि ब्लुतुथको मूल्य २६१ राखेको छ । तर, बजारमा भने उक्त सामान ३३५ सम्ममा पाइने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।