ख्रिष्टियन महासंघका अध्यक्षको यसरी पुष्टि भएको थियो नक्कली शैक्षिक प्रमाणपत्र

काठमाडौं २७ मंसिर । राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज नक्कली शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर पक्राउ परेका छन् । लिखत सम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो सिंहदरबार क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो। उनीविरूद्ध लिखत सम्बन्धी कसुरमा जाहेरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको फेला परेको प्रहरीले जनाएको छ ।

हेलोखबरलाई प्राप्त प्रमाणअनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुले उनको शैक्षिक प्रमाणपत्र नक्कली (फेक) भएको प्रमाणित गरेर सञ्चार मन्त्रालयलाई पत्र पठाएको पाइएको छ । त्रिविले शैक्षिक प्रमाणपत्र नक्कली भनेसँगै गहराजत पक्राउ परेका हुन् ।

महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि उनले सूचना विभागमा नक्कली प्रमाण पत्र पेश गरेका थिए । सूचना विभागले उनको प्रमाणपत्रबारे त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको थियो । उनले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा पेश गरेको प्रमाण पत्रका बारेमा त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त्यो प्रमाण पत्र नक्कली रहेको पाइएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।