काठमाडौँ — त्रिभुवन विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ विद्यार्थी दिक्षित भएका छन् । त्रिविले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको हो ।
७३ हजार ७ सय ४९ विद्यार्थी दिक्षान्तका योग्य भएपनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना मात्र दीक्षित भए । गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । त्रिविबाट बर्षेनी हजारौं दिक्षित भए पनि बेरोजगारीका कारण दिक्षितहरु विदेशिनेको संख्या पनि झन् झन् बढ्दो रहेको छ ।
Comments







