त्रिविको दीक्षान्त समारोहकाे विश्व रेकर्ड, विद्यार्थी बेरोजगारीका कारण विदेशिन बाध्य

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोहमा विश्व रेकर्ड बनेको छ । ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामक संस्थाले २६ हजार भन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

दीक्षान्त समारोहको इतिहासमै २६ हजार भन्दा बढीको सहभागिता रहेको र त्यसमा महिलासहितका महानुभावहरु (अभिभावक, दीक्षित विद्यार्थी र अतिथिहरु) को उपस्थिति रहेको त्रिविलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले रेकर्डका लागि उक्त संस्थालाई अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न संस्थाको प्रतिनिधि टोली काठमाडौँ आएको थियो । दशरथ रंगशालामा सम्पन्न दीक्षान्त समारोहमा सहभागी हुन १२ हजार ४१५ जना विद्यार्थीले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।

एकैपटक धेरै विद्यार्थीलाई दिक्षित गरेर त्रिविले विश्व रेकर्ड बनाई रहँदा विद्यार्थी भने बेरोजगारीका कारण विदेशिन बाध्य छन् । आजै दिक्षित हुनुपर्ने कतिपय विद्यार्थीहरु समेत एयरपोर्टको लाइनमा भेट्न सकिने अवस्था छ भने कतिपय रोजगारीका लागि विदेश पलायन भईसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।