गुणस्तरहिन निर्माणः ६ करोडको निर्माणधिन पुल नै भत्कियो

गुणस्तरहिन निर्माणका कारण भोजपुरमा ६ करोड ३० लाख लागतको एउटा निमार्णधीन पक्की पुलको संरचना भत्किएको छ।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो।

षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले बन्दाबन्दैको पक्की पुल भत्किएको बताएका छन् । पुल भत्किए पनि मानवीय क्षति भने भएको छैन ।

खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको अवस्थामा त्यसमाथि फलामका छडहरू बाँध्ने काम जारी रहेको बेला आज बिहान अचानक पुल भत्कियो हो ।
उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाउँदै आएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालिएको थियो । निर्माणधिन पुलको संरचना नै भत्किएपछि अब निर्माण झनै ढिलाई हुने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।