ललिता निवास जग्गा प्रकरणमा अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात र पूर्वसचिव पन्त दोषी ठहर

काठमाडौं । ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको आज फैसला गरेको हो । २३ दिनपछिको लगातार सुनुवाइपछि आएको फैसलाले बस्न्यात र पन्तलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।