काठमाडौं । विद्युतीय कारोबार ऐन अन्तर्गत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा उनलाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि विद्युतीय कारोबार ऐन अन्तर्गत उनका विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।्
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट खोल्न अटेर गरेपछि कम्पाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिन परेको थियो ।
Comments