Sunday, September 13, 2026
24.1 C
Kathmandu
Home राजनीति ‘भाग केपी चोर’ भनेपछि प्रधानमन्त्री ओलीको अमेरिकाको बृहत कार्यक्रम नै स्थगित

‘भाग केपी चोर’ भनेपछि प्रधानमन्त्री ओलीको अमेरिकाको बृहत कार्यक्रम नै स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वागतमा अमेरिकास्थित न्यूयोर्कमा आयोजना गर्ने तयारी गरिएकाे स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएको छ ।

नेपाली महावाणिज्यदूतावास,न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै नेपालीहरुसँगको भेटघाट कार्यक्रम रद्द गरेको हो ।

प्रधानमन्त्री ओलीलाई अमेरिकामा अपमानजनक शब्द प्रयोग गरेको समेत पाइएको छ । एउटा कार्यक्रममा प्रधानमन्त्रीलाई ‘भाग केपी चोर‘ भन्दै गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइन्छ ।


कार्यक्रम बन्द गर्ने सम्बन्धी सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय परराष्ट्रमन्त्री अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेता कार्यकर्तालाई अलर्ट बस्न निर्देशन दिएका थिए । उनले फेसबुक लाइभमा भाषण गर्दै नियन्त्रणमा लिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । यसैको असर अमेरिकाको प्रधानमन्त्रीको स्वागत कार्यक्रममा पनि परेको जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।