काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी सम्मेलनमा विवाद उत्पन्न भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान महराले खुकुरीसहित प्रदर्शन गरेपछि सम्मेलन स्थलमा विवाद देखिएको हो ।

उमेर हदको विरोध गर्दै निवर्तमान उपाध्यक्ष समेत रहेका तुकमानले खुकुरी देखाएुर प्रदर्शन गरेका हुन् । तुकमानले अखिल (क्रान्तिकारी) को अध्यक्ष पदको दाबी गर्दै आएका छन् ।

सम्मेलन स्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल हुनुका साथै कुर्सीसमेत फालाफाल भएको छ ।

काठमाडौंको कीर्तिपुरमा अखिल (क्रान्तिकारी)को २३ औं सम्मेलन चलेको छ। उक्त सम्मेलनमा आज उमेर हदबारे मतदानबाट टुंगो लगाउने तयारी भइरहेको थियो। २८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।