काठमाडौँ । भुकम्पपीडितका लागि मेडिकल राहतसहित नेपाली सेनाको जहाज म्यानमारतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बिहान १०ः४८ बजे सेनाको सीएन–२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमारका लागि उडेको हो ।

शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकल सहायता गर्ने जनाएको छ ।

म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा कम्तीमा २७ सय मानिसको ज्यान गएको थियो भने ४५ सय बढी सर्वसाधरण घाइते भएका थिए ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको विमानले मेडिकल टोली छाडेर भोली काठमाडौं फर्किने छ । ६ दिनपछि पुन उनीहरुलाई सैनिक विमान काठमाडौंबाट लिन जाने तालिका छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।