ललितपुरमा पर्यटन शुल्कः सार्क राष्ट्रलाई २५०, अन्यलाई एक हजार

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटन शुल्क सम्बन्धी नियम बनाएको छ । महानगरपालिकाले आर्थिक विधेयक २०७८ मा पर्यटन शुल्क निर्धारण गरेको छ ।

जस अनुसार सार्क राष्ट्रका पर्यटकलाई २५० रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ भने अन्य राष्ट्रका पर्यटकलाई एक हजार शुल्क तोकिएको छ ।

यस्तै, पाटन संग्रहालय प्रवेशका लागि नेपालीलाई पनि ३० रुपैयाँ तोकिएको छ । विद्यार्थीको हकमा भने १५ रुपैयाँ तोकिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।