काठमाडौं । गरिमा विकास बैंकले २० घण्टा अगाडी फेसबुकको आधिकारिक पेजमा एउटा सुचना हालेको छ-
‘आज प्रतिक्षाको अन्तिम दिन,
भोलि नयाँ सुरूवात
एक नयाँ चिनारीको साथ’
संयोग कस्तो परेको छ भने हिजो पुस मसान्त भएकाले गरिमाको भोलि भनेको महिनाले आज माघ १ गते अर्थात अर्को महिना लागेको छ ।
यो संयोग गरिमा बैंककाे सेवा प्रवाह र ग्राहककाे गुनासोसँग भने ठ्याक्कै मेल खाएको छ । एक सेवाग्राहीको वर्षअघिको काम समेत बैंकले नगरेर ढिलासुस्तीको गतिलो उदाहरण देखाएको पाइएको हो ।
त्यहीँ ‘भोलि’वाला (त्यससँग सम्बन्धित अघिल्ला) पोष्टमा शुभम् केशरीले एक वर्ष अघि फम समबिट गर्दा पनि रेस्पोन्स नपाएको गुनासो पोखेका छन् । उनले लेखेका छन्- माेबाइल बैंकिङ खुल्छ न रिचार्ज हुन्छ न फन्ट ट्रान्सफर, एक वर्ष बढी भयो फम समबिट गरेको आजसम्म नो रेस्सोन्स, वर्थ मोबाइल बैंकिङ इभर ।’

बैंकमाथि गुनासै गुनासा
गरिमा विकास बैंकको सेवाबारे गुनासो गर्ने शुभम् एक्ला हैैनन् । बैंकको सेवाबाट असन्तुष्टहरू अनगिन्ति भेटिएका छन् । ‘भोलि’वालासँग सम्बन्धित पोष्टमा नै दर्जनौंले गुनासो पोखेका छन् । राम प्रसाद पाेखरेलले मोेबाइल बैंकिङको नाममा तीन वर्षसम्म सेवा नै नलिँदा पनि स्वीकृति बिना पैसा काटेको बताएका छन् । धिराज चापागाईले सेवा सुविधा र ग्राहकको गुनासो सुनुवाई जिरो रहेको भन्दै बैंकप्रति आक्रोश पोखेका छन् ।
अलिसाको गुनासो पनि त्यस्तै छ । ‘हेल्प लाइनमा कल गर्दा रेस्पोन्स हुन पर्यो, डकमेन्ट उपलब्ध गराउँँदा रेस्पोन्स होस्, ब्रान्च भिजिट गर्न सँधै फुर्सद हुदैन ।’ उनी आक्रोश पोख्छिन् ।
अर्का सेवाग्राही गणेश कार्की पनि बैंकको सेवाप्रति असन्तुष्ट भेटिए । उनले पनि बैंंकको सेवा सुधारिनु पर्ने बताएका छन् । सुरज दाहाल त बैंकको सेवा सुविधा सहकारीसँग तुलना गर्छन् । जीवन पाठक त बैंकलाई फटाहा र चोर बैंकको संज्ञा दिन्छन् ।
सार्वजनिक रूपमा सेवाग्रााहीले बैंकको सेवा सुविधाको विषयमा यसरी गुनासो गर्नुले बैंकको विश्वसनियतामा भने प्रश्न चिह्न खडा गरेको छ । बैंकले ठगि गरेको भनेर यसअघि एक सेवाग्राहीले प्रहरी कार्यालय परिसरमै पेट्रोल छरेर आत्मदाहको प्रयास गरेको घटना पनि सार्वजनिक भएको थियो ।

बैंकभित्रका कर्मचारी पनि असन्तुष्ट रहेको समेत भेटियो । एक जनाले अस्थाथीलाई स्थायी बनाउन माग गरेका छन् ।
मजाक र ठट्टा
‘भोलि’वाला पोष्टहरूमा सेवाग्राहीले मजाक र ठट्टा पनि गरेका छन् । धेरैैले लोगो परिवर्तन गर्न लागेको आशंंका गर्दै लोगो परिवर्तन गर्न नै नाटक गरेको बताएका छन् । एक जनाले पनौती बैंक भन्दै मजाक गरेका छन् । कतिपयले लोगो मात्र नभएर सेवा सुविधा पनि परिवर्तन गर्न सुझाएका छन् ।








