काठमाडौं । स्वास्थ्य बीमाकाे कराेडाैं रूपैयाँ सरकारले भुक्तानी नदिएको भन्दै हस्पिटलहरुले स्वास्थ्य बीमा कार्यक्रम नै रोकेपछि स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् ।
उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।
स्वास्थ्य बीमा बापतको रकम सरकारले नदिएको भन्दै हालै मात्र टिचिङ हस्पिटलले बीमा कार्यक्रम नै रोकेको थियो । यस्तै, अन्य सरकारी तथा नीजि क्षेत्रका हस्पिटलले पनि बीमा कार्यक्रम रोक्ने तयारी गरिरहेका थिए । सरकारले अबौं रुपैयाँ स्वास्थ्य बीमाको भुक्तानी तिर्न बाँकी रहेको छ ।
याे पनि पढ्नुहाेस्
Comments






