Tuesday, July 28, 2026
Home अर्थ खबर कुमारी बैंकको असक्षम नेतृत्वका कारण बैंक र सेयरधनीले भारी मूल्य चुकाउन बाध्य

कुमारी बैंकको असक्षम नेतृत्वका कारण बैंक र सेयरधनीले भारी मूल्य चुकाउन बाध्य

काठमाडौं । कुमारी बैंक लिमिटेडको असक्षम नेतृत्वको कारण बैंक र सेयरधनीले भारी मूल्य चुकाउन बाध्य भएका छन् ।

आर्थिक सुचांकहरुले बैकको खराब स्थितिलाई चेतावनीको तह पार गरिरहेको देखाएको छ । कागजमा नाफा देखिए पनि भित्री तथ्यांकले बैंक असक्षम व्यवस्थापनको भारी मूल्य चुकाउँदै आएको स्पष्ट देखिन्छ।

बैंकको खराज कर्जा ६.९२ प्रतिशत पुगेको छ, जुन वाणिज्य बैंकका लागि उच्च जोखिमपूर्ण स्तर हो। अझ चिन्ताजनक कुरा, नेट एनपिएल १.९० प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुगेको छ। यसले बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको कार्यकालमा कर्जा प्रवाह, अनुगमन र असुली संयन्त्र पूर्ण रूपमा असफल भएको देखाउँछ।

दोस्रो त्रैमासिक रिपोर्ट अनुसार चालु वर्षको पहिलो ६ महिनामै बैंकले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम कर्जा ह्रासमा छुट्याउनु परेको छ। नाफा कमाउनेभन्दा गलत कर्जा निर्णयको क्षति पूर्ति गर्नमै बैंक सीमित भएको अवस्था छ।

बैंकले लेखापालकीय हिसाबमा नाफा देखाए पनि नियामकीय समायोजनपछि वितरणयोग्य नाफा माइनस २ अर्ब ९८ करोड रुपैयाँ मा सीमित भएको छ।

बैंकले ७८ करोड रुपैयाँभन्दा बढी ब्याज आम्दानी कटौती गर्नुपरेको छ, जसले समयमै ब्याज नउठेको, कर्जा समस्याग्रस्त रहेको र आम्दानी कृत्रिम रूपमा देखाइएको संकेत गर्छ।

बैंकको कर्मचारी खर्च मात्र ६ महिनामा २ अर्ब ५३ करोड रुपैयाँ नाघेको छ। सिइओ रामचन्द्र खनालले खर्च नियन्त्रण गर्न सकेका छैनन् भने खराक कर्जा नियन्त्रण समेत गर्न सकेका छैनन् । दिनप्रति दिन खस्कँदै गएको कुमारी बैंकको सिइओको क्षमता माथि नै प्रश्न उठ्न थालेको हा् ।

बैंकको टायर-१ क्यापिटल ८.९३ प्रतिशत मा सीमित छ, जुन नियामकीय न्यूनतम नजिकै हो। सानो झट्काले पनि बैंकको पूँजी संरचना संकटमा पर्न सक्ने जोखिम छ, तर व्यवस्थापन गम्भीर देखिएको छैन ।
याे पनि पढ्नुहाेस्

कारबाही गर्नुपर्ने कुमारी बैंकलाई राष्ट्र बैंकद्धारा ‘ज्वाईसरहको सुविधा’

  • सेयरधनीलाई लाभांश नदिएको कुमारी बैंकले कर्मचारीलाई बाड्यो ५८ करोड बोनस
  • कुमारी बैंकः आफ्नै पैसा निकाल्नै हम्मे हम्मे, कार्ड प्रयोग गर्ने सेवाग्राहीको पैसा नै गायब
  • कुमारी बैंकको ग्राहक निक्षेप घट्यो, कर्जा नोक्सानी पनि दोब्बरले वृद्धि
  • खराब कर्जाले थलियो कुमारी बैंक, अडिट रिपोर्ट बनाउनै सकस
  • Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।