Friday, July 24, 2026
23.3 C
Kathmandu
Home मुख्य समाचार कारबाही गर्नुपर्ने कुमारी बैंकलाई राष्ट्र बैंकद्धारा ‘ज्वाईसरहको सुविधा’

कारबाही गर्नुपर्ने कुमारी बैंकलाई राष्ट्र बैंकद्धारा ‘ज्वाईसरहको सुविधा’

काठमाडौं । राष्ट्र बैंकले एकपछि अर्को वित्तिय लापरबाही र कमजोरी गर्दै आएको कुमारी बैंकलाई कारबाही गर्नुको सट्टा जोगाउँदै आएको पाइएको छ ।

कुमारी बैंकका कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र खनाल र राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेल निकटस्थ भएकै कारण कुमारी बैंक कारबाहीबाट जोगिदै आएको हो ।

सिइओ खनालले नै गभर्नर आफ्नो साथी भएको भन्दै आफूलाई कसैले हल्लाउन नसक्ने बताउने गरेका छन् । कुमारी बैंकले गभर्नरलाई साथमा लिएर मनलाग्दी गर्दा पनि सुपरिवेक्षण विभागले कारबाही गर्न नसकेको हो ।

कुमारी बैंकको खराब कर्जा नन् पफर्मिङ लोन् ७ प्रतिशत पुगेको छ । कर्जा प्रवाहमा मनलाग्दी हुँदा पनि राष्ट्र बैंकले कुमारीलाई उन्मुक्ति दिईरहेको छ ।

कुमारी बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा गम्भीर लापरबाही गरेको पाइएको थियो भने राष्ट्र बैंकको मापदण्ड समेत पूरा नभएपनि कुमारीलाई कमजोरी सच्याउन मात्र निर्देशन दिएको थियो । अन्य बैंकले त्यो तहको लापरबाही र मापदण्ड पूरा नगर्दा सिँधै राष्ट्र बैंकले कारबाही गर्ने गरेकोमा कुमारीलाई भने कारबाही नगर्नुले पनि झन् शंका उत्पन्न गरेको छ ।

बैंकको स्टेज थ्रि कर्जा मात्रै ७१ अर्ब रहेको छ तर स्टेज थ्री इसिएल कभरेज २२ प्रतिशत मात्र रहेको छ । प्रोभिजनमार्फत सबै सुरक्षित देखाउन खोजेपछि इन्डिभिजुअल इम्पेयरमेन्ट नै गरेको छैन भने सबै कलेक्टिभ देखाएर फुटनोटमा सिमित बनाएको छ ।

बैंकको अडिटपछि इम्पेयरमेन्ट चार्ज एक्कासी २३ प्रतिशतले ह्वात्तै बढेको छ । प्रोभिजन कम देखाएर नाफा बढाउने तथा खराब कर्जा कम देखाएर राष्ट्र बैंकलाई छल्न खोजेको कुमारीको राष्ट्र बैंकको निर्देशनपछि भने इम्पेयरमेन्ट चार्ज २३ बढ्न पुगेको हो । यसरी गलत तथ्यांक देखाउने तथा तथ्यांक लुकाउनेमाथि राष्ट्र बैंकले सामान्य चेतावनी मात्र दिएको छ । बैंकका अध्यक्ष र सिइओले रिपोर्टमा यसलाई स्वीकार समेत गरेको पाइदैन ।

एनपिएल नियन्त्रण गर्न नसकेको बैंकले खर्च नियन्त्रण समेत गर्न सकेको छैन । बैंकको कुल सञ्चालन खर्चमा कर्मचारी खर्च नै ६०.५९ प्रतिशत रहेको छ । बैंकले आफ्ना कर्मचारीलाई तलब, भत्ता, बोनस तथा अन्य सुविधामा बढी खर्च गर्दा पनि राष्ट्र बैंक हेरेर मात्र बसेको छ । बैंकले तीन वर्षदेखि आफ्ना सेयरधनीलाई लाभांश दिएको छैन तर कर्मचारीलाई ठूलो मात्रामा बोनस बाढ्दै आएको छ ।

बैंकले वार्षिक प्रतिवेदन २०८२ मा बैंक नाफामा देखाएको छ तर, डिभिडेन्ट नदिनुको कारण खुलाउन सकेको छैन । प्रोभिजन दबाब र पूँजी अपर्याप्तताको विषय स्पष्ट रुपमा खुलाउनुपर्नेमा बैंकले लुकाउने प्रयास गरेको छ ।

राष्ट्र बैंकलाई नै तथ्यांक लुकाउने खोज्ने, एनपिएल नियन्त्रण गर्न असफल बनेको तथा सञ्चालन खर्च गर्न नसकेपछि राष्ट्र बैंकले कडा कदम चाल्नुपर्नेमा सामान्य कारबाही समेत नगरेपछि कतिपयले कुमारी बैंकलाई राष्ट्र बैंकले ज्वाईसरहको सुविधा दिएको भनेर आरोप समेत लाग्ने गरेको छ ।

याे पनि पढ्नुहाेस्

  • सेयरधनीलाई लाभांश नदिएको कुमारी बैंकले कर्मचारीलाई बाड्यो ५८ करोड बोनस
  • कुमारी बैंकः आफ्नै पैसा निकाल्नै हम्मे हम्मे, कार्ड प्रयोग गर्ने सेवाग्राहीको पैसा नै गायब
  • कुमारी बैंकको ग्राहक निक्षेप घट्यो, कर्जा नोक्सानी पनि दोब्बरले वृद्धि
  • खराब कर्जाले थलियो कुमारी बैंक, अडिट रिपोर्ट बनाउनै सकस
  • Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।