चितवन २१ जेठ । मतगणनाका क्रममा विवादका कारण मतपत्र च्यातिएसँगै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ ।
 भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको स्वागत गर्दै कांग्रेस माओवादीले चाँडो निर्वाचन गराउन माग समेत गरेका छन् ।
बैठकले चुनावमा जित हासिल गर्न नयाँ रणनीति समेत अवलम्बन गरेको छ । जसअन्तर्गत अब  वडा नम्बर १९ मा हुने मतदानमा माओवादी केन्द्रले काङ्ग्रेसको पुरै प्यानललाई समर्थन गर्ने भएको छ । वडामा अब माओवादीले कांग्रेसको प्यानलाई सहयोग गर्ने भएको छ । 
यता, कांग्रेसले आफ्ना सबै मत मेयरकी साझा उम्मेदवार रेणु दाहाललाई हाल्ने निर्णय भएको छ । कांग्रेसको सबै मत रेणु दाहाललाई आएको अवस्थामा उनको जित लगभग निश्चित जस्तै रहेको बताइन्छ । अहिले ७० प्रतिशत भोट कांग्रेसको रेणुलाई आएको र ८० प्रतिशत बढी भोट आएमा कांग्रेस माओवादीकी साझा उम्मेदवार रेणुले जित्ने आकलन गरिएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।