काठमाडाैं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालको बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जनाको शव फेला परेको छ।
प्रहरीले दुई जनाको शव फेला परेको जनाएको छ।
हिमपहिरोमा परेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
यहाँ आरोहणका लागि ९ जना गएका थिए भने उनीहरूका १३ जना आरोहण सहयोगी पनि थिए। तीमध्ये करिब १० जना सम्पर्कविहीन छन्। उनीहरू सबै नेपाली नागरिक हुन्।



