काठमाडौं २९ चैत
सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई सोमबार बेलुकी नियुक्त गरेको छ ।
बेलुका अबेर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।
चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गरेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री राम कार्कीले बताए । कार्यसम्पादनमा उच्च अंक ल्याएको आधारमा उनलाई आइजी बनाइएको हो । सरकारका प्रवक्ता कार्कीका अनुसार प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गरेका छन् ।
सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वोच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिएको थियो ।
यसैबिच, गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोमबार राती नै गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
विसं २०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २६ औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका हुन् । यद्यपी, सर्वोच्च अदालत र सरकारले कार्यसम्पादन मुल्यांकनको अंक तालिका फरक परेकाले उनी विवादमुक्त हुने सम्भावना कम छ । उनी विवादमा पर्ने सम्भावना भएकाले नै रातारात दज्र्यानी चिह्न प्रदान गरिएको समेत बताइन्छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।