काठमाडौं १३ चैत
चीनमा फरफराइएको नेपाली झण्डा ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । बेइजिङमा प्रचण्डको सवारीको समयमा  त्यहाँको सडक पुरै खाली गरिएको छ । 
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्ट हाउसमा बस्ने व्यवस्था मिलाइएको छ। 
विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको थियो ।
पाहुनाहरुको स्वागत सत्कार तथा सुरक्षाका दृष्टिले पनि प्राय कुनै देशको कार्यकारी आउँदा सडक खण्ड खाली गर्ने गरिन्छ । यसअघि भारतीय राष्ट्रपति नेपाल आउँदा पनि सरकारले पुरै सडक खाली गरेको थियो । तर, सो समयमा सार्वज्निक बिदा दिएको तथा सडक बन्द गरेको भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई विरोधीहरुले लम्पसारवादको संज्ञा दिएका थिए । अहिले चीनमा भने तिनै प्रचण्डको सवारीका बेला सडक खालि गरिएको हो ।
प्रधानमन्त्री प्रचण्ड शनिबार विहान एशियाका लागि बोआओ मन्चको वार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट शनिबार नै बेइजिङ पुगेका हुन् ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए। 
प्रचण्डले आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 
यस्तै, सोमबार उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्नेछन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।