काठमाडौं – भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र एक हजार दरका भारतीय नोट चाँडै साँटिने बताएका छन् । 
नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन आएका जेट्लीले शुक्रबार पत्रकारसँग कुरा गर्दै वैध रुपमा रहेका भारतीय नोट साटिने बताएका हुन् ।
उनले हालसम्म भारतबाट आएको टोलीले गरेको अध्ययन प्रतिवेदन नपाएको जानकारी दिए । ‘हाम्रो केन्द्रिय बैंकको स्वायत्त अधिकार हो, नेपालमा रहेका वैध नोट साटिन्छन् ।’ उनले भने । – कान्तिपुरबाट
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।