काठमाडौं १३ फागुन
स्वतन्त्र विद्यार्थी युनियनको आगामी १८ फागुनमा हुने निर्वाचनका लागि यतिबेला क्याम्पसहरुमा चहल पहल निक्कै बढेको छ भने मेला जस्तै क्याम्पसहरु बन्न थालेका छन् ।
संगठनका नेताहरु जितका लागि भोटको जोड घटाउमा व्यस्त देखिन्छन् भने उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् ।
आठ वर्षपछि हुन लागेकाले पनि यस चुनावलाई सबै राजनीतिक दलले महत्व दिएको पाइएको छ भने आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागेकाले अहिलेको स्ववियू निर्वाचनलाई स्थानीय निर्वाचनको छायाका रुपमा समेत लिएको पाइएको छ ।
स्ववियू निर्वाचनले क्याम्पसहरुमा चहल पहल बढ्नु स्वभाविक नै हो, अझ फेसबुक र ट्विटरका भित्ताहरुमा समेत उम्मेदवारहरुले प्रचार प्रसार गरिरहेका छन् । प्रचारमा संगठनका नेताहरुले विभिन्न शैलीहरु समेत अपनाएको पाइएको छ । सप्तगण्डकी क्याम्पसका सुरज सिंहको प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान सिंह घिसिङलाई जोडेर समेत प्रचार गरेका छन् ।
अखिल क्रान्तिकारी स्ववियू प्रचार प्रचार समितिले गरिएको निक्कै आकर्षक प्रचारमा क्याम्पसमा शैक्षिक माफियाहरुको सेटिंग रहेको र स्ववियूममा पन अर्कै खाले लोडसेडिंग रहेको भन्दै त्यसको अन्त्य गर्न संगठनका सिंह कुलमान सरह हुने भनेर प्रचार गरिएको छ । भनिएको छ-
‘शैक्षिक माफियाहरुको सेटिङ छ
स्ववियूमा अर्कै खाले लोडसेडिङ छ
विद्यार्थी जगत सबैको शान
सप्तगण्डकी स्ववियूमा सुरज सिंह हुन कुलमान ।’
Comments