काठमाडौँ, ९ फागुन । सरकारले आगामी २०७४ साल वैशाख ३१ गते आइतबार एकै चरणमा सम्पन्न हुने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।मन्त्रिपरिषद्को सोमबार साँझ बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारकर्मी कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए । ‘मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ’ प्रवक्ता कार्कीले भने, ‘निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।’
Comments







