काठमाडौं १७ माघ

सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको पाइएको छ ।
प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र समेत पठाएका छन् ।
कार्यकारी निर्देशकको पत्रले महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई भने तनाब थपिएको छ । महानगरपालिकाले यत्रो बिल कसरी आयो भनेर सोधी खोजी मात्र नभएर सडक बत्ती बाल्नै छाडेकाले मिटरबिना आफ्नो नाममा आएको बिल नतिर्ने समेत बताउन थालेको छ ।
महानगरपालिकाका सब क्षेत्रका सबै पोलमा सोलार बत्ती राखिएको महानगरपालिकाको भनाई छ । प्राधिरणले भने बिल महानगरपालिकाकै भएको जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।